अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:११ | Colorodo: 04:26

२३ औं ‘फ्लोरा एक्स्पो’ सुरु हुँदै

बिआरटीनेपाल २०७८ चैत ७ गते ८:१२ मा प्रकाशित

बिहीबारदेखि ललितपुरको जावलाखेलस्थित खेल मैदानमा ‘२३ औं फ्लोरा एक्स्पो’ सुरु हुँदैछ ।फ्लोरिकल्चर एशोसिएशन नेपालले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी यही चैत्र १० देखि १३ गतेसम्म हुन लागेको एक्स्पोबारे विस्तृत जानकारी गराएको हो ।‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ मेला हुँदैछ ।

एक्स्पोमा पुष्प व्यवसाय संचालनका लागि आवश्यक औंजार समेत राखिने एशोसिएशनका वरिष्ठ उपाध्यक्ष एवम् एक्स्पो संयोजक शिबबहादुर खड्काले जानकारी दिनुभयो ।एक्स्पोमा अफिसिएल स्टल ४, प्रतियोगितात्मक २ र व्यावसायिक ५६ सहित कूल ६२ वटा स्टल रहनेछन् ।

स्टलमा रहेका फूलविरुवाहरूबीच प्रतिस्पर्धा गराई उत्कृष्ट हुने पुष्प व्यवसायीलाई पुरस्कृत समेत गरिने जनाइएको छ । एक्स्पोको ४५ हजारले अवलोकन गर्ने र करिब ७५ लाखसम्मको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय