अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१३
| Colorodo: 22:28
भारतको राजधानी नयाँ दिल्लीको गोकलपुरी थाना क्षेत्रको गोकलपुर गाउँमा शुक्रबार राति आगलागी हुँदा सात जनाको मृत्यु भएको छ भने आगलागीबाट ३० वटा घर जलेर नष्ट भएका छन् ।उत्तर पूर्व दिल्लीका अतिरिक्त डीसीपीका अनुसार गोकुलपुरी पुलिस स्टेशन क्षेत्रमा दिउँसो १ बजे आगो लागेको थियो ।
आगो लागेको खबर आउनासाथ उद्धार टोली तुरुन्तै घटनास्थलमा पुगेको थियो । बिहान ४ बजेसम्म आगो नियन्त्रणमा आएको थियो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।