अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४२ | Colorodo: 19:57

क्विन्स न्यूयोर्कमा नेपाली लायन्स क्लबहरूबाट संयुक्त रक्तदान सम्पन्न

कृष्ण आचार्य २०७८ फागुन २५ गते १९:४२ मा प्रकाशित

न्यु योर्क क्विन्समा मानवीय सेवा कार्यमा केही वर्षदेखि सक्रिय नेपाली लायन्स क्लवहरु Lions Club of Queens Queens Buddha र Lions Club of Queens KTM को संयुक्त आयोजनामा “Mission Lions Club: Blood Drive Event” यही मार्च ६ तारिख आइतबार ज्याक्सन हाइट, क्विन्समा बृहद रक्तदान कार्यक्रम गरी सम्पन्न भएको छ । क्विन्स र लंग आइल्यान्ड मा रहेका नेपाली तथा अन्य विभिन्न समुदायका व्यक्तिहरू, दुवै क्लबका लायन्स पदाधिकारी र सदस्यहरू लगायतका सामाजिक व्यक्तित्वहरूले कार्यक्रममा रक्तदान गरेका थिए । न्यु योर्क ब्लड सेन्टरसंगको प्राविधिक सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा दुवै क्लबका लायनहरूले स्वयंसेवी भई रक्तदाताहरूलाई आवश्यक सहयोग गरेका थिए ।

लायन्स इन्टरनेशनल स्पेशल्टी संयोजक लायन कृष्ण आचार्य र डिस्ट्रिक्ट २०-१के का जोन चेयर लायन अर्जुन गौडेलको विशेष उपस्थिति सहित उहाँहरूले गर्नुभएको रक्तदानले पनि रक्तदाताहरूमा थप उत्साह र प्रेरणा जगाएको थियो भने नेपालस्थित हेटौँडाको लायन्स क्लबमा हालै प्रेसिडेन्ट भई कार्य गर्नुभएकी लायन राधिका श्रेष्ठले समेत यो कार्यक्रममा स्वयंसेवी भई देखाउनुभएको लायन्सप्रतिको समर्पणले “Global Lionism” मा आबद्ध सबै लायनहरूको विश्व एकताको भावनाको तथ्य प्रकट भएको थियो ।

दुवै लायन्स क्लबका संयोजक द्वय लायन हजुर शाह र लायन शिवजी खड्काको संयोजकत्वमा दुवै क्लबका वरिष्ठ लायन्स सदस्य तथा बोर्ड सदस्यहरूबाट भएका ब्यवस्थाकिय र अन्य गतिविधिहरू अत्यन्त प्रभावकारी रहेको थियो भने कार्यक्रम सञ्चालनमा दुवै क्लबका लायन्स सदस्यहरूको सहभागिता र सक्रियतालाई दृष्टिगत गर्दा अब नेपाली डायस्पोराका लायन्स क्लबहरूमापनि नेतृत्व क्षमता क्रमशः विकास हुँदै गैरहेको: प्रस्ट देखिन्थ्यो ।

उक्त रक्तदान कार्यक्रममा कुल ४५ जनाले आफ्नो नाम दर्ता गरेता पनि प्रारम्भिक स्वास्थ्य परीक्षणबाट कुल ३५ जनाले मात्र रक्तदान गर्न छनौट भएका थिए । रक्तदान अवधिभर क्लब अध्यक्ष द्वय लायन रीमाया नेपाली – Queens Buddha र लायन अशोक कार्की – Queens KTM ले सबै रक्तदाताहरूलाई प्रमाणपत्र वितरण गर्दै धन्यवाद व्यक्त गर्नु भएको थियो । कोभिड सुरु भएदेखि नै यी दुई लायन्स क्लबहरूले नियमित रूपमा कम्तीमा प्रत्येक ३-३ महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू