अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५८ | Colorodo: 07:13

शेयर बजारमा ३०.२९ अंकले गिरावट

बिआरटीनेपाल २०७८ फागुन २५ गते ५:५३ मा प्रकाशित

शेयर बजार ओरालो लाग्नेक्रम बुधबार पनि जारी रह्यो । नेप्से परिसूचक ३०.२९ अंकले घटेको छ । बजार खुलेपछि एकाएक उकालो लागेर २५ सय ५६ विन्दुसम्म पुगेको बजार अन्त्यमा ३०.२९ अंकले ओरालो लागेर २५ सय १४ मा पुगेर थामियो ।

कारोबार भएका सबै उपसूचक ओरालोे लाग्दा रकम पनि साढे दुई अर्ब तलै खुम्चिएको छ । बुधबार निर्जीवन बिमा समूहमा दुई सय अंकको हाराहारीमा ओरालो लाग्दा जीवन बिमा र विकास बैक समुहमा पनि एक सय बढी अंकले घटेका छन् ।

अरु समुहमा दोहोरो अंकको गिरावट आएको बजारमा १ सय ७१ कम्पनीको शेयर मूल्य घटेको छ । १९ कम्पनीको मात्र मूल्य बढेको बजारमा दुई कम्पनीको मात्र मुल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

बुधबार २ सय २९ कम्पनीको ४९ लाख बढी कित्ता शेयर २ अर्ब ३५ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय