अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५१ | Colorodo: 20:06

अमेरिकन सोसाइटी अफ नेपलीज् इन्जिनीयर्सको (ASNEngr) पन्ध्रौँ वार्षिक सम्मेलन हुने

बिआरटीनेपाल २०७८ फागुन २१ गते १६:२१ मा प्रकाशित

कोलोराडो । अमेरिकन सोसाइटी अफ नेपलीज् इन्जिनीयर्स (ASNEngr) ले “Impact of Engineering Solutions for Mankind” भन्ने नाराकासाथ भर्चुअल प्रविधिको माध्यमबाट जुन ११ र १२, २०२२ मा सोसाइटीको पन्ध्रौँ वार्षिक इन्जिनियरिङ सम्मेलन गर्ने भएको छ । यस सम्मेलनमा इन्जिनियरिङ क्षेत्रमा भएका नवीन अन्वेषणहरू र प्रचलित प्रथाको प्रस्तुतिहरु रहने छन् ।

उक्त सम्मेलनमा प्रस्तुत गरिने नीति दर्शक भाषण (Keynote Speech), दक्ष मन्तव्य, आमन्त्रित (Invited Speech) र सह-मूल्याङ्कित (Peer Reviewed) प्रस्तुतिकरणहरुबाट प्रबिधिक, आर्थिक र सामाजिक क्षेत्रमा इंजीनियरिंग प्रविधिको असर विषयको पहिचान गरिने प्रयास हुनेछ । यो दुई दिने कार्यक्रम इन्जिनियर, वैज्ञानिक, तकनिकी जानकार र सम्बन्धित व्यवसायीहरूले आफूले सम्पन्न गरेका वा जानकारी भएका विषयको चर्चा गर्ने मञ्च हुनेछ ।

ASNEngr सम्मेलन समितिले विद्यार्थीहरूबाट प्रस्तुत पेपर मध्ये “Best Student Presentation Award” को छनौट गरी $२०० नगद पुरस्कार दिने प्रबन्ध गरेको छ । साथै, यस सम्मेलनमा “Engineering Intent and Impact (E2I)” विषयको प्रतियोगिता पनि हुने भएको छ । कुनै पनि इंजीनियरिंग विषयमा उत्साहित व्यक्तिले आफू संलग्न भएको प्रोजेक्टको विषयमा छोटो निबन्ध, फोटो वा छोटो भिडियो (१-२ मिनेटको) पठाएर प्रतियोगितामा भाग लिई $२०० पुरस्कार पनि जित्न सक्नेछन् ।

ASNEngr ले तकनिकी सर-सल्लाह, अन्वेषण उपदान (Research Grant), इंजीनियरिंग विद्ध्यार्थीहरुलाई छात्रवृत्तिका साथै भूकम्पले हुने असरहरूलाई न्यूनीकरण गर्ने उपायहरू र बाढी नियन्त्रण प्रबन्ध गर्न नेपालमा आवश्यक विषयमा दक्ष जानकारीको आदान-प्रदान जस्ता कार्यमा संलग्न हुँदै आएको छ। प्राविधिक ज्ञान र इंजीनियरिंग पेसा प्रवर्द्धनको लागि मासिक वेबिनारको पनि आयोजना गर्दै आएको छ ।

यस सोसाइटीले हालसम्म २० भन्दा बढ़ि तकनिकी योजनाहरू, पाँच वटा अन्वेषक अनुदान, २० भन्दा धेरै छात्रबृत्तिहरु र अन्य दर्जनौँ दक्ष सेवा प्रदान गर्न सफल भएकोमा हामीहरू हर्षित छौँ | थप जानकारीको लागि हाम्रो website वा हामीहरूलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ ।
अन्तमा, तपाईँहरूको सहभागिता र सहयोगको अपेक्षा सहित आगामी जूनमा भेट हुने आशा गर्दछौँ ।

File photo

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू