अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५९
| Colorodo: 10:14
चलचित्र ‘चपली हाईट ३’ पुनः प्रदर्शन हुने भएको छ । गएको पुस ३० गतेबाट प्रदर्शन भइरहेको चलचित्र सरकारले जारी गरेको निषेधाज्ञाका कारण बन्द भएकोमा पुनः फागुन १ गतेबाट हल खुल्ने भएपछि चलचित्र फेरि प्रदर्शन गर्न लागिएको निर्माता अर्जुन कुमारले जानकारी दिनुभयो ।
कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र भएसँगै सरकारले सिनेमा हल लगायत मानिसहरूको जमघट हुने स्थान बन्द गर्ने निर्णय गरेको थियो । सरकारले हल बन्द गर्ने निर्णय गरेको समयमा चलचित्र ‘चपली हाईट ३’ प्रदर्शनरत् थियो ।
निर्माता अर्जुन कुमारले आफूले दोस्रो मौका पाएको बताउँदै चलचित्र हेरेर माया गरिदिन दर्शकसमक्ष अपिल गर्नुभएको छ । साथै उहाँले प्रदर्शक र मिडियालाई पनि चलचित्रलाई सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।