अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४७
| Colorodo: 23:02
तालिबानका प्रधानमन्त्री मुल्ला मोहम्मद हसन अखुन्दले आफूलाई मान्यता दिन इस्लामिक देशहरूसँग आग्रह गर्नुभएको छ । तालिबानले अफगानिस्तानको सत्ता सम्हालेपछि आर्थिक रुपले सङ्कटमा परेको अफगानिस्तानले इस्लामिक मुलुकसँग मान्यताका लागि आग्रह गरेको हो ।
हालसम्म तालिबान नेतृत्त्वसहितको अफगानिस्तानले कुनैपनि मुलुकले मान्यता दिएको छैन । प्रधानमन्त्री अखुन्दले आफूलाई आधिकारिक रुपले मान्यता दिएपछि देशको विकासमा सहज हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले मान्यता नपाएका कारण विभिन्न समस्याहरूको सामना गर्नु परिरहेको भन्दै यसले देशमा ठूलो सङ्कट निम्तिन सक्ने पनि उल्लेख गर्नुभयो ।