अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४७ | Colorodo: 23:02

उत्तर कोरियाबाट फेरि अर्को क्षेप्यास्त्र परीक्षण

बिआरटीनेपाल २०७८ माघ ३ गते ६:४१ मा प्रकाशित

उत्तर कोरियाले आज फेरि अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । आज विहानै ब्यालिस्टक क्षेप्यास्त्र परीक्षण गरेको जापानका तटीय सुरक्षा गार्डले जानकारी दिएका छन् ।दक्षिण कोरियाली सैनिक अधिकारीहरुले पनि उत्तरले प्रक्षेपण गरेको अज्ञात क्षेप्यास्त्र आफ्नो पूर्वी नजिक खसेको जनाएका छन् ।

जापान र दक्षिण कोरिया दुवैले प्रक्षेपणबारे यो भन्दा बढी बताएका छैनन् । अंग्रेजी नयाँ वर्ष सुरु भएलगत्तै उत्तर कोरियाले श्रंखलावद्ध रुपमा क्षेप्यास्त्र प्रक्षेपण गर्दै आएको छ । गत शुक्रबार मात्रै दुई वटा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । लगातार क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिकाले उत्तर कोरियामाथि थप नाकाबन्दी लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू