अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४७
| Colorodo: 23:02
पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न छानबिन समितिले सिफारिस गरेको छ । धर्मशाला भाडामा लिएर महँगोमा होटल चलाएको भन्दै आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयबाट गठन भएको छानविन समितिले बतास समूहसँगको सम्झौता खारेज गर्न सिफारिस गरेको हो ।
आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पर्यटन सचिव महेश्वर न्यौपानेले ‘सम्झौता गैरकानूनी र मिलेमतो’ भएको ठहरसहित सम्झौता खारेज गर्न समितिले सिफारिस गरेको बताउनुभयो ।