अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४७
| Colorodo: 23:02
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध दायर रिट निवेदन सर्वोच्च अदालतले ले दरपीठ गरेको छ । अधिवक्ता माधवकुमार बस्नेतले दायर गरेको रिट रजिस्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ (दर्ता अस्वीकार) गर्नुभएको हो । पन्थीले यो रिट सर्वोच्च अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै दरपीठ गरिदिनुभएको हो ।
अधिवक्ता बस्नेतले प्रधानन्यायाधीशविरुद्ध लागेका आरोप छानबिन गरी कारबाही गर्नका लागि संविधानद्वारा तोकिएको प्रक्रिया तत्काल प्रारम्भ गर्नु भनी सभामुख र प्रतिनिधिसभाको नाममा परमादेश माग गर्नुभएको थियो । प्रधानन्यायाधीश राणाविरुद्ध नेपाल बारले दुई महिना भन्दा बढी अवधिदेखि अदालत परिसरमा निरन्तर नाराबाजी गर्दै आएको छ ।