अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४४
| Colorodo: 02:59
सरकारले सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै पोखरामा कोभिड–१९ विरुद्धको खोप केन्द्रमा खोप लगाउनेको भीड बढेको छ । जिल्ला प्रशासन कास्कीले सार्वजनिक स्थानहरू, कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा यही माघ ७ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड हेरेर मात्रै प्रवेश दिने सूचना जारी गरेपछि खोप लगाउनेको संख्या बढेको हो ।
खोप लगाउनेहरू दिनभर खोप केन्द्रभन्दा बाहिर सडकसम्मै लाइन लागेको छ । खोप लगाउनेहरूमा पहिलो मात्रा लगाउनेहरुको संख्या उल्लेख्य छ । पोखराका विभिन्न ६ स्थानमा खोप केन्द्र तोकिएको छ ।