अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०८ | Colorodo: 16:23

चालु आर्थिक बर्षको बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गर्न अर्थमन्त्री शर्माको निर्देशन

बिआरटीनेपाल २०७८ पुष २७ गते ६:०४ मा प्रकाशित

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८-०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।मंगलबार अर्थमन्त्रालयमा आर्थिक वर्ष २०७८- ०७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उहाँले विभिन्न मन्त्रालयका सचिवलाई निर्देशन दिनुभएको हो । उहाँले आवश्यक परे मध्यरातमा पनि आफू सहयोग गर्न तयार रहेको बताउँदै जसरी पनि खर्च गर्न आग्रह गर्नुभयो ।

अर्थमन्त्री शर्माले ‘आर्थिक वर्षको ६ महिना बितिसकेकोले बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गरिसक्नुपर्ने बताउनुभयो । मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपायहरू खोज्न तथा ठूला योजनाहरुमा स्थानीय तह र स्थानीय जनतालाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्ने बताउनुभयो । मन्त्री शर्माले फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुई÷चार दिन जान्छ । यहाँ पनि समय गइरहेकोले यसलाई डिजिटल माध्यममा लैजान समेत सुझाउनुभएको छ ।

पछिल्लो समय पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ताकेता गर्दै आएको छ । यसैबीच सोमबारसम्मको तथ्यांकअनुसार पुँजीगत खर्च ९.३९ प्रतिशत, चालु खर्च ३८.९ प्रतिशत र वित्तीय खर्च २५.४१ प्रतिशत खर्च भइसकेको छ । समग्रमा हालसम्म २९.११ प्रतिशत बजेट खर्च भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय