अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४५
| Colorodo: 08:00
राप्रपा पूर्वअध्यक्ष कमल थापाले २७ पुसबाट गर्न लागिएको राष्ट्रिय एकता अभियान रोक्नुभएको छ । कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि उहाँले अभियान रोकेको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो ।
‘२७ पुसदेखि सुरु गर्न लागिएको ‘राष्ट्रिय एकता अभियान’ केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरुबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारणसमेत सो अभियान शुभारम्भ समारोह हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ’, थापाले ट्वीटरमा लेख्नुभएको छ ।
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पार्टी कार्यालयमा समेत नगइ बसेका थापाले राष्ट्रिय एकता अभियान गर्न लाग्नुभएको थियो ।
