अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३३ | Colorodo: 22:48

१५ महिनादेखि थन्किएको कुर्था–जयनगर रेल सेवाको परीक्षण सफल, १५ दिनपछि नियमित सञ्चालनमा आउने

बिआरटीनेपाल २०७८ पुष २४ गते ६:२१ मा प्रकाशित

धनुषा जिल्लाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेलको आज सफल परीक्षण गरिएको छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्ने रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी भइरहेका बेला आज लामो समयसम्म थन्किएको सो रेलको परीक्षण गरिएको हो ।

भारतीय रेल्बे कम्पनी कर्पाेरेसनबाट गत विसं २०७७ असोज २ गते खरिद गरेर ल्याइएका दुई सेट रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी राखिएको छ । पार्किङ गरी राखिएका रेलको आज परीक्षण गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक नीरञ्जन झा, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालगायत टोलीलाई चढाएर भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म करिब ३९ किलो मिटरको सो रेल्वे लिकमा रेलको परीक्षण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय