अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:११ | Colorodo: 08:26

सरकारले कर्मचारी र कर्मचारीले सरकारलाई गालीगलौज गरेर देशको विकास हुँदैन – गृहमन्त्री खाँड

बिआरटीनेपाल २०७८ पुष २३ गते ७:१६ मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाँडले सरकारले कर्मचारी र कर्मचारीले सरकारलाई गालीगलौज गरेर देशको विकास नहुने बताउनु भएको छ । गृह मन्त्रालयअन्तर्गतको नेपाल निजामती कर्मचारी युनियनको ८ औँ विभागीय अधिवेशनमा उहाँले मुलुकको विकासमा सरकार र कर्मचारी मिलेर काम गर्नु पर्ने बताउनुभयो ।

खाँडले कर्मचारीहरुलाई सरकारले सुविधा नदिए वा सरकार जनताप्रति उत्तरदायी हुन नसके कर्मचारीहरुले सरकारलाई सचेत गराउनु पर्ने बताउनुभयो । उहाँले सरकार र सरकारी कार्यालय सबैको साझा भएकोले सबैको सद्भाव हुने किसिमले काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

खाँडले सरकारले गरेका काममा सुझाव र प्रतिक्रिया दिने काम कर्मचारीहरुको भएकोले जनताको माग बुझेर सरकारलाई दबाव दिन पनि आग्रह गर्नुभयो । उहाँले मन्त्रालयअन्तर्गतका ९ देखि ५ बजेसम्म खुल्ने सरकारी कार्यालयका कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउन पहल गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय