अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३९ | Colorodo: 12:54

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

बिआरटीनेपाल २०७८ पुष २२ गते ७:१७ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आज बिहीवार उहाँहरूबीच भेटवार्ता भएको हो । राष्ट्रपति कार्यालयमा भएको भेटवार्तामा समसामयिक विषय र कोरोना खोपको विषयमा छलफल भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

नेपालमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ । उहाँहरूबीच झन्डै एक घण्टा भएको भेटमा कुनै विशेष विषयमा कुराकानी नभएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय