अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२३ | Colorodo: 13:38

गृहमन्त्री खाँड र केन्द्रिय सुरक्षा समितिबीच निर्वाचन सुरक्षाबारे छलफल

बिआरटीनेपाल २०७८ पुष २२ गते ७:१६ मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाँडले केन्द्रिय सुरक्षा समितिका पदाधिकारीहरुसँग छलफल गर्नुभएको छ ।मन्त्री खाँडले समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षाका चुनौतिका विषयमा छलफल गर्नुभएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्रालयका सह सचिव प्रदीपकुमार कोइरालाले बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अध्यावधिक छलफल भएको समेत बताउनुभयो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सुरक्षा व्यवस्था र केही द्वीपक्षिय सुरक्षाका विषयमा पनि छलफल भएको बताउनुभयो । सह सचिव कोइरालाले बैठकमा सुरक्षाको बिस्तृतिकरणको विषयमा पनि छलफल भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय