अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५६ | Colorodo: 15:11

मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक, ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई लागुऔषध नियन्त्रण अधिकारी तोकिने

बिआरटीनेपाल २०७८ पुष २२ गते ६:५८ मा प्रकाशित

सरकारले गृहमन्त्रालयको लागुऔषध नियन्त्रण शाखा प्रमुखसहित ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले लागुऔषध नियन्त्रण र अनुसन्धान प्रभावकारी बनाउन सीडीओलाई थप जिम्मेवारी दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता, सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको नियमित पत्रकार सम्मेलनमा यस बारेमा जानकारी दिनुभएको हो । जापान सरकारकाबाट प्राप्त हुने १० अर्ब ३९ करोड नीतिगत ऋण स्वीकार गर्ने, प्रहरी नियमावली संशोधन गर्ने, राजपत्र हरेक हप्ताको सोमबार र विहीबार दुई दिन प्रकाशन गर्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय