अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५८ | Colorodo: 13:13

आगामी चुनावमा कांग्रेसले एक्लै लड्छ, कसैसँग तालमेल गर्दैन- महामन्त्री गगन थापा

बिआरटीनेपाल २०७८ पुष २१ गते ७:३८ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा कांग्रेसले अरु पार्टीसँग तालमेल नगर्ने बताउनुभएको छ । बुधबार शेखर कोइराला पक्षले आयोजना गरेको भेलामा थापाले सत्ता गठबन्धन आगामी चुनावसम्म रहे पनि चुनाव भने कांग्रेस एक्लै लड्ने बताउनुभएको हो ।

राष्ट्रिय सभाको चुनावपछि गठबन्धद दलबीच तालमेल समाप्त हुने दाबी गर्नुभयो । स्थानीय र प्रतिनिधि सभा चुनावमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने महामन्त्री थापाले बताउनुभयो ।

कांग्रेस एक्लैले चुनाव लड्ने हैसियत राख्ने तर त्यसका लागि पार्टीले वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । थापाले ४० प्रतिशत मत ल्याएको शक्तिलाई पार्टीमा बेवास्ता गर्न नहुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय