अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५८
| Colorodo: 00:13
प्रदेश २ का विभिन्न जिल्लामा पछिल्ला केही दिनयता किसानका माग राखेर प्रदर्शन गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ । जनमत पार्टी उपत्यका समन्वय समितिले किसानहरूको माग सम्बोधन गर्न माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘किसानको माग पूरा गर, समयमा मल सिँचाइको व्यवस्था गर’जस्ता नाराहरु लगाएका थिए ।
हरेक वर्ष मल अभाव झेल्दै आएका किसानले मलका लागि संघर्ष समेत गर्दै आएका छन् । उता चिनी मिलले भुक्तानी नदिँदा उखु किसान पनि पीडित हुँदै आएका छन् । यही बेला किसानको मुद्दा लिएर जनमत पार्टी आन्दोलनमा उत्रिएको हो ।
