अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५४
| Colorodo: 05:09
नेपाली काँग्रेसले जिल्ला कार्यसमितिको निवार्चन हुन बाकी रहेको १६ जिल्लामा आगामी माघ १५ गते निर्वाचन गर्ने जनाएको छ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले आगामी माघ १५ गते निवार्चन गर्ने निर्णय गरेको हो । आगामी राष्ट्रिय सभा सदस्यको निर्वाचनलाई मध्य नजर गर्दै यहि पुष २७ गते निवार्चन गर्ने निर्णय समितले यस अघि नै गरेको थियो तर केहि प्राविधिक कारण मिति सरेको निवार्चन समितिले जनाएको छ ।
निवार्चन हुन बाँकी रहेका जिल्ला सप्तरी, सिरहा, धनुषा, महोक्तरी, सर्लाही, रौतहट,बारा, पर्सा,सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर लगायतका १६ जिल्लाको जिल्ला कार्यसमितिको चयन हुन बाँकी रहेको छ ।
