अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०१ | Colorodo: 23:16

२० देशका लागि राजदूत नियुक्तिमा दलको निर्णय पर्खिदै परराष्ट्र मन्त्रालय

बिआरटीनेपाल २०७८ पुष २० गते ७:२५ मा प्रकाशित

सरकारले रिक्त २० वटा देशका लागि राजदूत नियुक्तिको प्रक्रिया छिट्टै अगाडि बढ्ने जनाएको छ । २० वटै देशको राजदूत छिट्टै नियुक्ति गर्ने मन्त्रालयको तयारी गरिरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।परराष्ट्र मन्त्रालय र राजनीतिक गरी दुवैतर्फबाट नियुक्ति गर्ने नियमित परम्परा रहेकोमा मन्त्रालयको तर्फबाट सबै तयारी पूरा गरेको र राजनीतिक दलहरुबाट निर्णय हुनेबित्तिकै रिक्त राजदूतको पदपूर्तीको प्रक्रिया अघि बढ्ने प्रवक्ता लम्सालले जानकारी दिनुभयो ।

लामो समयदेखि राजदूतहरु रिक्त हुँदा दुई देशबीचको सम्बन्धमा असरपर्ने भएकाले जतिसक्दो चँडो पदपूर्ती हुनपर्ने पूर्व परराष्ट्र सचिव मदनकुमार भट्टराईको भनाइ छ । हाम्रो नभएर राम्रो र देशको प्रतिनिधित्व गर्न सक्ने राजदूत जतिसक्दो चा‘डो पठाउनु पर्ने बताउनुभयो ।

अष्ट्रेलिया, अष्ट्रिया, ब्राजिल, बङ्गलादेश, बहराइन, चीन, डेनमार्क, इजिप्ट, इजरायल, जापान, मलेसिया, म्यानमार, ओमान, कतार, रुस, श्रीलङ्का, दक्षिण अफ्रिका, साउदी अरेबिया, दक्षिण कोरिया र स्पेनलगायत गरी २० देशको राजदूत अझै नियुक्ति हुन सकेको छैन ।

हाल बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, क्यानडाका लागि भृगु ढुङ्गाना, फ्रान्सका लागि दीपक अधिकारी, जर्मनीका लागि रामकाजी खड्का, कुवेतका लागि दुर्गा भण्डारी, पाकिस्तानका लागि तापस अधिकारी, स्वीट्जरल्याण्डका लागि मणि भट्टराई, थाइल्याण्डका लागि गणेश ढकाल, युनाइटेड अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल र परमानेन्ट मिसन अफ नेपाल टु द यूएनका लागि अमृतबहादुर राई हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय