अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०५
| Colorodo: 04:20
राष्ट्रिय सभाको बैठक आउदो २५ गते बस्ने भएको छ । संघीय संसदका महासचिव डा.भरतराज गौतमले आज सूचना निकालेर २५ पुस दिउँसो १ बजे बैठक बस्ने जानकारी गराउनुभएको हो ।
यसअघि ५ पुसमा बसेको बैठकले अर्को सूचना जारी गरि बैठकको मिति र समय पछि तोक्ने उल्लेख गरेकाले सोही अनुसार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले २५ पुसमा बैठक बस्ने गरी मिति तोक्नुभएको हो ।
सङ्घीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएका कारण बैठक प्रभावकारी भने भएको छैन ।
