अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५८ | Colorodo: 13:13

पार्टीलाई संगठित बनाउन सबै एकजुट हुनुपर्छ : रामचन्द्र पौडेल

बिआरटीनेपाल २०७८ पुष १६ गते ७:५७ मा प्रकाशित

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीलाई संगठित बनाउन सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । तनहुँको दमौलीमा ४६औं मेलमिलाप दिवस एवं नवनिर्वाचित जिल्ला कार्य समितिको पदस्थापन समारोहलाई सम्वोधन गर्दै नेता पौडेलले सो कुरा बताउनुभएको हो ।

उहाँले अब हुने स्थानीय तहको निर्वाचनमा जनतासामु के सन्देश लिएर जाने त्यस विषयमा पनि नेता कार्यकर्ताले विचार गर्नुपर्ने बताउनुभयो ।पौडेलले अहिले पनि पार्टीभित्र मनोमानी रहेको भन्दै सबै जना इमान्दार भएर कांग्रेसलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।

वीपीले लिएको मेलमिलापको नीति लिएर अघि बढेको भन्दै उहाँले त्यसलाई सबैले शिरोधार्य गर्नुपर्नेमा जोड दिनुभयो । नेता पौडेलले भर्खरै सम्पन्न भएको १४औं महाधिवेसनमा सबैले रुपान्तरणको नारा लिए पनि अन्तिम समयमा कोही पछि हट्ने अवस्था नभएपछि आफैं प्रतिस्पर्धाबाट बाहिरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय