अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३९ | Colorodo: 05:54

रौतहटमा जन्ती बोकेको कार दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु, चार जना घाइते

बिआरटीनेपाल २०७८ पुष १३ गते ५:२० मा प्रकाशित

रौतहटको गौर–चपुर सडकखण्ड अन्तरगत जयनगरमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जन्ती बोकेर जाँदै गरेकोे भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको कार दुर्घटना भएको हो ।

दुर्घटनामा १६ बर्षिय सेख नौसाध, ५५ बर्षिय मारुफ मियाँ अन्सारी, २२ बार्षिय सेख सैनुल्लाह, २५ बर्षिय सेख छोटुको मृत्यु भएको हो । अत्यधिक गतिमा रहेको कार विजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गाडी सडकबाट तीन मिटर तल खेतमा झरेको छ । गाडीमा ८ जना यात्रु सवार थिए । गम्भीर घाइते ४ जनालाई उपचारकालागि रौतहटको ग्राण्डी अस्पताल लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय