अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१२ | Colorodo: 11:27

सरकारले लाखौं नागरिकलाई नागरिकताबाट वञ्चित गरायो – जसपा अध्यक्ष उपेन्द्र यादव

बिआरटीनेपाल २०७८ पुष ९ गते ७:०१ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार आफैंले लाखौं नागरिकलाई नागरिकता दिनबाट वञ्चित गराएको दाबी गर्दै आपत्ति जनाउनु भएको छ ।अध्यक्ष यादवले तराई÷मधेशका लाखौं नेपाली नागरिकलाई सरकारले नागरिकता नदिने र मतदान गर्ने अधिकारबाट पनि बञ्चित गराएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो ।

नेपाल इन्जिनियर्स एशोसिएशनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नागरिकता सम्बन्धि ऐन अझै बन्न नसकेको स्मरण गराउनुभयो । अध्यक्ष यादवले संघीयताको कार्यान्वयन समेत इमान्दार ढंगले नभएको बताउनुभयो । अध्यक्ष यादवले संघीयता कार्यान्वयनका लागि अझै संघीय निजामती ऐन समेत आउन नसकेको गुनासो गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय