अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१७
| Colorodo: 00:32
सत्ता साझेदार राष्ट्रिय जनता पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेताहरूले पहाडैपहाड भएको देशमा भ्यु–टावर बनाउने हावादारी कुरा गरेको भन्दै त्यसलाई सच्याएर अघि बढ्न इन्जिनियरहरूलाई आग्रह गर्नुभएको छ ।
आज शुक्रवार नेपाल इन्जिनियर्स एसोसिएशनले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा नेता भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले दक्षिण एसियाली देशहरू प्राविधिकहरूको नेतृत्वमा विकास र समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै नेपालले पनि त्यसबाट सिकेर अघि बढ्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।
अध्यक्ष भट्टराईले नेपालमा विकास, निर्माणलाई अघि बढ्नै नदिने खालका सोचहरू आइरहेको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो ।