अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१५ | Colorodo: 10:30

एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक स्थगित, भोलि फेरि बस्ने

बिआरटीनेपाल २०७८ पुष ७ गते ६:२२ मा प्रकाशित

नेकपा (एमाले)को विरोधपछि बागमती प्रदेश सभाको बैठक भोलिसम्मका स्थगित भएको छ । बुधबार बसेको बैठकमा एमाले सांसदहरूले भागबण्डा मिलाउन ८ बाट मन्त्रालय फुटाएर १४ वटा बनाइ प्रदेशकै बदनाम गरेको भन्दै सरकारको विरोध गरेका थिए ।

बैठकमा पूर्व मुख्यमन्त्री समेत रहनुभएका एमाले सांसद डोरमणि पौडेलले पार्टीका तर्फबाट धारणा राख्दै वर्तमान सरकारले अनावश्यक रूपमा मन्त्रालय फुटाएर आठबाट १४ पुर्याएकोमा आपत्ति जनाउनुभयो ।

पौडेलले अघिल्लो सरकारले गरेको कुलेखानी सुरुङ्गमार्ग निर्माणको योजना फिर्ता लिएको, विद्युतीय बस खरिद प्रक्रिया रोकेको, मन्त्रालय संख्या थपेको लगायतको विषयमा जवाफ नदिएसम्म बैठक चल्न नदिने चेतावनी दिनुभयो ।

अवरोधपछि सभामुख सानुकुमार श्रेष्ठले भोलि विहान ११ बजेसम्मका लागि बैठक स्थगित गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय