पछिल्लो २४ घण्टामा नेपालमा २६९ जना कोरोना सङ्क्रमित भएका छन् । ७ हजार ६९१ जनामा पीसीआर परीक्षण गर्दा २६९ जनामा कोभिड १९ पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जनाएको छ । यस्तै १ हजार ३२५ जनामा एन्टीजेन परीक्षण गर्दा ५ जनामा सङ्क्रमण देखिएको छ ।
योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षण अनुसार कोरोना सङ्क्रमितको संख्या ८ लाख २५ हजार ४४५ पुगेको छ । एन्टिजेन विधिद्वारा गरिएको परीक्षणमा हालसम्म ९ लाख ५ हजार ९०२ पुगेको छ । २४ घण्टामा २७० जना संक्रमणमुक्त भएका छन् । नेपाल कोरोना निको हुने दर ९७ दशमलब ९ रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
आज ३ जना मृतक थपिएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७० पुगेको छ । सक्रिय सङ्क्रमितको संख्या ५ हजार ५२२ रहेको छ । २४ घण्टामा २ लाख ६ हजार ५२२ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।
