अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१७
| Colorodo: 10:32
माओवादी केन्द्रले संसदमा जारी अबरोध हटाउन छलफल थालेको छ । आज प्रधानमन्त्री शेरबहादुर देउवालाइ भेटेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदन अबरुद्ध खुलाउने बारेमा पहल गर्न आग्रह गर्नुभयो । यस्तै भेटमा एमसीसीबारे सर्वदलीय छलफल चलाउनुपर्ने बिषयमा पनि छलफल भएको थियो । एमसीसी र एमालेले लामो समयदेखि गरेको सदन अवरुद्ध खुलाउने विषयमा दुई नेताबीच कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले केही दिनमै सर्वदलीय बैठक डाक्ने बताउनुभएको छ । अस्ति बुधबारदेखि सुरु भएको संघीय संसद्को अधिवेशनमा प्रमुख प्रतिपक्ष दल एमालेले अवरोध जारी राखेको छ । सरकारले भने दुई सातअघि जारी गरिएका ६ वटा अध्यादेश संसदमा पेस गरेको थियो ।
