अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५० | Colorodo: 16:05

नेपालमा थप २ सय ६४ जनामा कोरोना पुष्टि, ३ सय ६२ जना निको, दुई जनाको मृत्यु

बिआरटीनेपाल २०७८ मंसिर २८ गते ६:३५ मा प्रकाशित

नेपालमा थप २६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १३ हजार ७ सय ९ जनाको परीक्षण गर्दा २६४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ३६२ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ । अझै पनि ५ हजार ६ सय ८९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच गत २४ घण्टामा २ लाख ३६ हजार ४ सय ८२ जनाले कोरोना विरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या ३० दशमलव ८ प्रतिशत पुगेको छ । खोप अभियान सुरु भएयता २ करोड ९ लाख ९५ हजार ५३६ मात्रा खोप लगाइएको मन्त्रालयले जनाएको छ । जसमध्ये १ करोड १६ लाख २९ हजार ६२१ जनाले एक मात्रा मात्र र ९३ लाख ६५ हजार ९१५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय