अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२९
| Colorodo: 02:44
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरुलाई धम्की नदिन सभामुख अग्नीप्रसाद सापकोटालाई चेतावनी दिनुभएको छ । मंगलबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटालाई आफ्ना पार्टीका सांसदहरुलाई धम्की नदिन चेतावनी दिनुभएको हो ।
उहाँले संसदमा आफ्नो पार्टीका सांसदहरुले विरोध जनाउँदा नियमावली आकर्षित हुन्छ भनेकोप्रति आपत्ति जनाउँदै एमाले सांसदहरुलाई धम्की दिए परिणाम नराम्रो हुने समेत बताउनुभयो । अध्यक्ष ओलीले धम्की दिने जमाना गएको भन्दै नाङ्लो ठटाएर हात्ती तर्साउन नखोज्न पनि सभामुख सापकोटालाई सचेत गराउनुभयो ।
अध्यक्ष ओलीले आफ्ना पार्टीका सांसदबाट निकाल्छु, नियमावली आकर्षित हुन्छ, कारबाही गर्छु भनेर उत्तेजित भाषा नबोल्न सभामुख सापकोटालाई सचेत गराउनुभयो ।