अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२५ | Colorodo: 14:40

प्रधानसेनापति शर्मा र बेलायतका राजदूत पोलिटबीच शिष्टाचार भेट

बिआरटीनेपाल २०७८ मंसिर २७ गते ७:१२ मा प्रकाशित

प्रधानसेनापति प्रभुराम शर्मा र बेलायतका राजदूत निकोल केथरिन पोलिटबीच आज भेटवार्ता भएकाे छ । उहाँहरूबीच  आज जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हाे ।

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको बताइएकाे छ । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय