अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३६ | Colorodo: 20:51

राजनीति गर्ने इच्छा भए ज्ञानेन्द्र शाहले राप्रपाको उपाध्यक्ष भएर बसे हुन्छ -अध्यक्ष माधव नेपाल

बिआरटीनेपाल २०७८ मंसिर २७ गते ६:४० मा प्रकाशित

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्ष भएर बस्न सुझाव दिनुभएको छ । आज काठमाडौंमा आयोजित पार्टीनिकट अनेरास्ववियुको अखिल एप्स सार्वजनिक गर्दै अध्यक्ष नेपालले पूर्वराजालाई राजनीतिक गर्न मन लागे नयाँ पार्टी खोल्न वा राजेन्द्र लिङ्देनलाई अध्यक्ष मानेर राप्रपाको उपाध्यक्ष भएर बस्न सुझाव दिनुभएको हो । अध्यक्ष नेपालले राजतन्त्रलाई यसअघि हटाए पनि पुनः फर्काउने कोशिस भइरहेको भन्दै नेपालको राजनीतिक आकाशमा देखिएको कालो बादल हटाउनुपर्ने जिकिर गर्नुभयो ।

इतिहासमा सीमित भइसकेको राजतन्त्र फर्काउने कोशिस भइरहेको भन्दै उहाँले इतिहास अगाडि बढिसकेकाले पछाडि फर्किन सम्भव नभएको उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले जनताको बहुदलीय जनवादले लोकतन्त्रको मूल्य–मान्यतालाई आत्मसात् गर्ने भएकाले कम्युनिस्टलाई अधिनायकवादी भन्न नमिल्ने तर्क गर्नुभयो । कार्यक्रममा अनेरास्ववियुको सदस्यता वितरण अभियानको पनि शुभारम्भ गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय