अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४९
| Colorodo: 10:04
अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी तथा दुई क्रान्तिकारी मोर्चाले संयुक्त रुपमा एमसीसी नेपालको कार्यालय घेराउ गरेका छन्।एमसीसी खारेजीका माग गर्दै उनीहरूले दरवारमार्गस्थित होटल याक एण्ड यतीमा रहेको कार्यालयमा घेराउ गरेका हुन्।
घेराउ गर्न आएको प्रदर्शनकारीहरुलाई प्रहरीले होटलको गेट बाहिरै राेकेकाे छ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, सीपी मैनाली नेतृत्वको नेकपा माले, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी सहितका विभिन्न घटकहरुले एमसीसी नेपालको कार्यालय घेराउ गर्न पुगेका थिए ।