अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५८ | Colorodo: 15:13

लिङ्देनलाई थापाकाे पत्र : ‘भविष्यमा निर्मल निवासबाट हस्तक्षेप नहुने सुनिश्चित गर्नुहाेस्’

बिआरटीनेपाल २०७८ मंसिर २७ गते ५:५५ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेख्नुभएको छ । आज सोमवार लिङ्देनलाई पत्र लेख्दै थापाले पार्टीकाे भर्खरै भएको महाधिवेशनमा हस्तक्षेप भएकाे भन्दै त्यसबारे छानबिन गर्न निष्पक्ष समिति बनाउन आग्रह गर्नुभएको छ ।

उहाँले पत्रमा लेख्नुभएकाे छ, ‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न निष्पक्ष समिति बनाउनुहोस् । हस्तक्षेपको भत्सर्ना गर्नुहोस् । भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस् । राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस सुरु गर्नुहोस् । यसो गर्न सक्नुभयो भने पार्टी एकता पनि कायम रहन्छ र पार्टीको भविष्य पनि सुनिश्चित हुन्छ ।’

नेता थापाले आफू पार्टीको वृहत्तर हित र एकताको पक्षमा म मन वचन र कर्मले प्रतिबद्ध रहेकाे र पार्टीमा आफ्नाे रगत, पसिना बगेकाे बताउनुभएकाे छ । यस्तै उहाँले आफूलाई पार्टीकाे धेरै माया रहेकाे र हजारौँ कार्यकर्ताको भविष्यको चिन्ता रहेकाे पत्रमा लेख्नुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय