अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३२
| Colorodo: 08:47
पछिल्लो २४ घण्टामा थप २ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ६ हजार २ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा २ सय ४२ जना र २ हजार ४ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा १२ जनामा गरी २ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने २ सय ३४ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ५४ पुगेको छ भने ८ लाख ६ हजार ७ सय ७८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको सङख्या ५ हजार ८ सय ९० जना रहेका छन् ।
