अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४७ | Colorodo: 23:02

कांग्रेसलाई आधुनिक पार्टी बनाउँछौँ – नेता महत

बिआरटीनेपाल २०७८ मंसिर २६ गते ७:०७ मा प्रकाशित

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीलाई बलियो र विस्तारित बनाउने बताउनुभएको छ । आज आइतवार काठमाण्डौमा आयोजित नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता महतले पार्टीलाई बलियो र विस्तारित पार्टी बनाउने बताउनुभएको हो ।

उहाँले कांग्रेसलाई अबको महाधिवेशनपछि आधुनिक पार्टी बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । नेता महतले आम चुनावमा पार्टीलाई एक बनाएर एक्लै पालिकादेखि केन्द्रीय तहसम्म निर्वाचित गरेर ल्याउनुपर्ने जिम्मेवारी रहेकाले महाधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई नेतृत्वको लागि चुन्नुको विकल्प नरहेको दाबी गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीमा संरचनागत समावेशिताको आधार बने पनि सदस्यतामा अझै समावेशिता नभएको बताउनुभयो । उहाँले आउँदा दिनमा पार्टीमा रहेका कमजोरीलाई गम्भीरताका साथ लिएर अघि बढ्नुपर्ने बताउनुभयो । नेता पौडेलले वीपी कोइरालाको समयमा पार्टीमा रहेको धारिलो वैचारिकतालाई अहिले पनि उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले समाजमा भएका विकृतिलाई चिर्नका लागि काम गर्नुपर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय