अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५८ | Colorodo: 16:13

पहिलो चरणमै जीत हात पार्छौं– शेखर कोईराला

बिआरटीनेपाल २०७८ मंसिर २६ गते ७:०७ मा प्रकाशित

नेपाली कांग्रेसका १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्नुभएका डा. शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमा नै जीत हासिल गर्ने दाबी गर्नुभएको छ । संस्थापनइतर समूहको नेतृत्व गर्दै सभापतिमा उम्मेदवारी दिनुभएका उहाँले आज कार्यकर्तालाई सम्बोधन गर्दै आफ्नो समूहमा सक्षम र योग्य उम्मेदवार रहेकाले पहिलो चरणमै ५१ प्रतिशतभन्दा बढी मत ल्याउने दाबी गर्नुभयो ।

उहाँले बीपीले परिकल्पना गरेजस्तो र सुवर्ण शम्शेर, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाले सपना देखेअनुसारको पार्टी निर्माण गर्न आफ्नो टीम सक्षम रहेको दाबी गर्नुभएको छ । पार्टीलाई रूपान्तरण गर्न आफ्नो टीम सक्षम रहेकाले पनि आफूहरूको जीत सुनिश्चित रहेको कोईरालाको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय