अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५० | Colorodo: 00:05

एमाले सल्लाहकार परिषदको अध्यक्षमा अमृतकुमार बोहोरा चयन

बिआरटीनेपाल २०७८ मंसिर २५ गते ७:४१ मा प्रकाशित

नेकपा एमालेका नेता अमृतकुमार बोहोरा पार्टीको केन्द्रीय सल्लाहकार परिषदको अध्यक्ष हुनु भएको छ । शनिबार भक्तपुरको गट्ठाघरमा सुरु भएको पार्टी केन्द्रिय कमिटीको दोस्रो बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा नेता बोहोरा परिषदको अध्यक्षमा चयन हुनु भएको हो ।

अध्यक्षमा चयन भएलगत्तै उहाँले अध्यक्ष ओलीबाट पद तथा गोपनियताको सपथ लिनुभयो । बोहोरा ७० वर्षे उमेर हदका कारण पार्टीको केन्द्रीय कमिटीमा नेतृत्वका लागि दावी गर्न पाउनु भएको थिएन । नवौं महाधिवेशनमा उहाँ पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय