अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३४
| Colorodo: 12:49
नेपालमा थप २ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सङ्क्रमितमध्ये थप ३ सय २९ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ८ लाख ५ हजार ९ सय पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ४९ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर ३ लाख ३७ हजार १ सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार १ सय ५ रहेको छ ।
