अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४८ | Colorodo: 07:03

गगन थापाद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा, ’समुन्नत नेपाल–सम्मानित नेपाली’ को अवधारणा

बिआरटीनेपाल २०७८ मंसिर २३ गते ७:०० मा प्रकाशित

नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बिहीवार आयोजित कार्यक्रममा नेता थापाले १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै उहाँले ’समुन्नत नेपाल–सम्मानित नेपाली’ को अवधारणा पत्र सार्वजनिक गर्नुभएको छ । २०७८ को अधिवेशनपछि कांग्रेसको लक्ष्य भनेको नेपाललाई समुन्नत बनाउने र नेपालीलाई सम्मानित बनाउने रहेको नेता थापाले बताउनुभयो ।

पार्टी पुनर्जागरण र रूपान्तरणका लागि आफ्नो उम्मेदवारी घोषणा भएको पनि उहाँले बताउनुभयो । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भोलि शुक्रवारदेखि काठमाण्डौमा सुरु हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय