अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०० | Colorodo: 14:15

ओलीले संविधान निमोठ्ने र उपलब्धि उल्ट्याउने शक्तिको नेतृत्व गरेका छन् : महरा

बिआरटीनेपाल २०७८ मंसिर १८ गते ७:३१ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान निमोठ्ने र उपलब्धि उल्ट्याउने शक्तिको नेतृत्व गरेकाे आरोप लगाउनुभएकाे छ ।अहिलेको पाँच दलीय गठबन्धन तोड्नका लागि विदेशी शक्ति लागिपरेको र एमाले अध्यक्ष ओलीले संविधान निमोठ्ने र उपलब्धि उल्ट्याउने शक्तिको नेतृत्व गरेकाे आरोप लगाउनुभएकाे हाे ।

सिद्धार्थनगर नगर कमिटीको अधिवेशनलाई शनिबार उद्घाटन गर्दै नेता महराले संविधानबाट प्राप्त उपलब्धि रक्षा गर्ने शक्तिका रुपमा रहेका पाँच दलीय गठबन्धनलाई तोड्न विदेशी शक्ति लागि परेको उहाँले बताउनुभयाे ।

अहिलेको गठबन्धन संविधान र प्राप्त उपलब्धीको रक्षाका लागि बनेको भन्दै उहाँले भन्नुभयाे, ‘हामी संविधानका उपलब्धिहरु जोगाउने पक्षमा छौं । तर अर्को ध्रुव प्राप्त उपलब्धि उल्ट्याएर राजतन्त्र ल्याउने, धर्मनिरपेक्षता हटाउने अभियानमा सक्रिय छन् ।’ उहाँले भन्नुभयाे, ‘एमाले अध्यक्ष केपी ओलीले संविधान निमोठ्ने र उपलब्धि उल्ट्याउने शक्तिको नेतृत्व गरिरहेका छन् ।’

माओवादी शक्तिहरु एक हुुनपर्नेमा जोड दिँदै महराले बाबुराम भट्टराई, विप्लव लगायतका नेताहरुसँग सहकार्य गरी एक भएर अगाडि बढ्ने गरी छलफल भइरहेको बताउनुभयाे।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय