अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९ | Colorodo: 20:04

विवेकशील साझा, सिटिजन्स फोरम र जनता दरबार पार्टीबीच एकता

बिआरटीनेपाल २०७८ मंसिर १८ गते ७:११ मा प्रकाशित

विवेकशील साझा, सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीबीच एकता भएको छ । ललितपुरमा शनिबार आयोजित कार्यक्रममार्फत सिटिजन्स फोरम र जनता दरबार र विवेकशील साझाबीच एकताको घोषणा गरिएको हो । एकीकृत पार्टीको नाम पनि ‘विवेकशील साझा पार्टी’ राखिएको छ भने अध्यक्षमा रवीन्द्र मिश्र रहनुभएको छ ।

साझा पार्टीको केन्द्रीय समिति सदस्यलाई निरन्तरता दिँदै सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीका कूल ४५ जना नयाँ सदस्यहरू सामेल गराइएको छ । त्यसैगरी केन्द्रीय कार्यसम्पादन समितिमा पनि फोरम र दरबार पार्टीका १० जना सदस्यहरू थपिएको घोषणा पत्रमा उल्लेख छ ।

एकीकृत पार्टीको प्रमुख कार्यभार देशव्यापी आन्दोलन, संगठन निर्माण र महाधिवेशन हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय