अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५५ | Colorodo: 15:10

नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण थप ५ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ मंसिर १८ गते ६:३३ मा प्रकाशित

आज देशभर कोरोना भाइरस सङ्क्रमणका कारण ५ जनाको मृत्यु भएको छ । हिजो शून्यमा रहेको मृत्युदर आज ५ जनामा पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा २२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २९५ जनामा पीसीआर परीक्षण गर्दा २२० जनामा सङ्क्रमण देखिएको हो । १ हजार ५०२ जनामा एन्टिजेन परीक्षण गर्दा १८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

एन्टिजेन र पीसीआर गरी ६ हजार ७९७ परीक्षण गर्दा २३८ जनामा सङ्क्रमण देखिएको छ । २४ घण्टामा ३९२ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कोरोनाबाट ८ लाख २२ हजार ३९२ जना सङ्क्रमित भएका छन् । यस्तै, ८ लाख ४ हजार १०८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने दर ९७ दशमलब ७ प्रतिशत छ । हाल देशमा सक्रिय सङ्क्रमितको संख्या ६ हजार ७४४ रहेको छ ।

यसैबीच, स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३० हजार ६८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म १ करोड ८९ लाख ९२ हजार ९०४ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये ८६ लाख ६७ हजार २५९ जनाले पूर्ण मात्रा र १ करोड ३ लाख २५ हजार ६४७ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय