अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४० | Colorodo: 06:55

राप्रपाको महाधिवेशनमा प्रतिनिधि बारे विवाद, मतदाता नामावली प्रकाशन हुन सकेन

बिआरटीनेपाल २०७८ मंसिर १६ गते ७:०२ मा प्रकाशित

काठमाडौँको भृकुटीमण्डपमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा प्रतिनिधिको नाममा विवाद भएपछि निर्वाचन प्रकृया प्रभावित भएको छ । आज विहान १० बजे नै निर्वाचन कार्यक्रम सुरु गर्ने भनिए पनि महाधिवेशन प्रतिनिधिको नाममा विवाद भएपछि अहिलेसम्म मतदाता नामावली नै प्रकाशन हुन सकेको छैन ।

अध्यक्ष कमल थापा पक्षले फर्जी प्रतिनिधि थप गरेको भन्दै नेता राजेन्द्र लिङ्देन समूहले प्रश्न उठाएपछि निवार्चन प्रकृया अवरुद्ध भएको थियो । मतदाताको अन्तिम नामावली नटुङ्गिएका कारण उम्मेदवारी दर्ता लगायतका कार्यक्रम पनि रोकिएको छ ।

महाधिवेशनमा राप्रपाको अध्यक्ष पदमा वर्तमान अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले प्रतिस्पर्धा गर्नुहुने भएको छ । आज साँझ वा भोलि बिहानसम्म मतदाता नामावलीको बारेमा जारी विवाद समाधान हुने राप्रपा निर्वाचन समितिका संयोजक निरञ्जन थापाले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय