अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४० | Colorodo: 05:55

नेपालमा थप ३ सय १६ जनामा कोरोना भाइरस सङ्क्रमण, ३ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७८ मंसिर १५ गते ७:०६ मा प्रकाशित

गत २४ घण्टामा थप ३ सय १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ७ सय २७ नमुना परीक्षण गर्दा ३ सय १६ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ५९ जना भने सङ्क्रमण मुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २१ हजार ६ सय ५१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ५ सय २९ जना रहेका छन् । त्यसमध्ये हाल सम्म ८ लाख ३१ हजार ६८ जना निको भएका छन् भने मृतकको कुल सङ्ख्या ११ हजार ५सय २९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय