प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले बाहिरबाट अरुले भनेको जस्तो निर्णय गर्न सहज नभएको बताउनुभएको छ । काठमाडौंमा नेता रामचन्द्र घिमिरेद्वारा लिखित ‘राजनेता शुवर्ण शमशेर’ पुस्तक विमोचन गर्दै प्रधानमन्त्री देउवाले जिम्मेवारीमा बसेर निर्णय गर्न भन्न जति सहज नभएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले १४ औँ महाधिवेशनबाट पार्टीमा रुपान्तरण आवश्यक रहेको भन्दै राजनीतिमा परिवर्तनका लागि ‘वान, टु, थ्री, फोर’को प्रस्ताव अघि सारेको बताउनुभएको थियो । जवाफमा देउवाले आफूले त्यति नै गर्न सकेको भन्दै नहतारिन सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्दै सहमहामन्त्री प्रकाशशरण महतले देउवाले समयमा निर्णय नगर्दा समस्या हुने गरेको बताउनुभयो । उहाँले कांग्रेसका संस्थापक नेता शुवर्ण शमशेरले कांग्रेस र नेपाली राजनीतिमा महत्वपूर्ण योगदान पुर्याएको स्मरण गर्नुभयो ।
