अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२१ | Colorodo: 18:36

एमालेभित्र फरक मत राख्नेहरूको अपमान भएको छ – माधवकुमार नेपाल

बिआरटीनेपाल २०७८ मंसिर १३ गते ७:०३ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेभित्र फरक मत राख्नेहरुको अपमान भइरहेको टिप्पणी गर्नु भएको छ ।सोमबार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले एमालेमा बहुदलीय जनवादको गफमात्र हाकिएको बताउनुभयो । आफूले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि गर्न चितवनको कुम्भ मेला नै पर्याप्त रहेको उहाँको भनाइ थियो ।

कुनै पनि जनवादी अधिकारहरू प्रदान नगर्ने, विचारको बहसहरू सञ्चालन नगर्ने प्रवृत्तिले एमाले कम्युनिष्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन भन्ने प्रष्ट पारेको भन्दै नेपालले एमाले अधोगतितर्फ गइसकेको दाबी गर्नुभयो ।नेपालले नेकपा एमालेलाई विदेशीको दलालीले मात्र प्रशंसा गर्न सक्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताले महाधिवेशन उद्घाटनमा एमालेको उच्च प्रशंसा स्वभनिय नभएको बताउनुभयो ।

उहाँले अहिले बामपन्थी, लोकतान्त्रिक शक्तिहरू मिलेर ५ दलीय गठबन्धन सरकार बनाएको र मुलुक तथा संविधान मास्नेहरूबाट मुक्ति दिलाएको जिकिर गर्नुभयो । अध्यक्ष नेपालले क्रान्तिबाट प्राप्त गरेका उपलब्धिहरूको जगेर्ना गर्न र क्रान्तिबाट प्राप्त भएको उपलब्धिहरूप्रति अत्यन्त सजग भएको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय