अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२९
| Colorodo: 08:44
नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्र स्थल उपाध्यक्ष भीम रावलले नछोड्ने बताउनुभएको छ । रावलले नेतृत्व विधान विपरीत जानसक्ने भन्दै बन्दसत्र स्थल नछोड्ने बताउनुभएको हो ।
आइतबार बिहान १० बजेका लागि बोलाइएको बन्दसत्र सााझसम्म शुरु भएन । बेलुकी ७ बजेबाट बन्दसत्र सुरु हुन भनिएको थियो । अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व चयन गर्ने जिम्मेवारी दिएको थियो। अध्यक्ष ओली बिहानैदेखि आफू निकट नेताहरूसँग सर्वसम्मत नेतृत्व चयनका विषयमा छलफल गर्नुभएको छ ।
उता अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेता रावलले जे पनि हुनसक्ने भन्दै बन्दसत्र स्थलमै रहने बताउनुभएको हो । उहाँका लागि सचिवालयले बाहिरबाट खाना प्याक गरेर लैजाने भएको छ।
